दफा ७३
बीमकको सुधारका लागि आदेश दिन सक्ने
(१) ऐनको दफा

१०२ को उपदफा (१) बमोजिम अवधि तोकी प्राधिकरणले समस्याग्रस्त बीमकको सुधारका लागि कुनै आदेश दिन सक्नेछ।

(२) ऐनको दफा १०२ को उपदफा (१) को खण्ड (झ) बमोजिम बीमकले प्राधिकरणले तोकेको अवधिभित्र सञ्चालक, व्यवस्थापक वा कर्मचारी कटौती नगरेमा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि प्राधिकरण आफैंले त्यस्तो सञ्चालक, व्यवस्थापक वां कर्मचारीलाई सात दिनको समय दिई स्पष्टीकरण सोध्न सक्नेछ।

(३) उपनियम (२) बमोजिम स्पष्टीकरण पेस नगरेमा वा निजले पेस गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएमा ऐनको दफा १०२ को उपदफा (२) बमोजिम प्राधिकरणले त्यस्तो सञ्चालक, व्यवस्थापक वा कर्मचारीलाई पदबाट हटाउन सक्नेछ।